विजयपुर । धनकुटा–धरान एकता समाजको स्वास्थ्य शिविरमा १ सय २५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

शनिबार धरान–१२ स्थित पब्लिक हाईस्कुलमा सञ्चालित शिविरमा १ सय २५ जनाले स्वास्थ्य परीक्षण गराएको समाजका अध्यक्ष गङ्गाप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार नशासम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा न्युरो फिजिसियन डा.भूपेन्द्र साह, न्युरो सर्जन डा.आलोक दाहाल, न्युरो साइकियाट्रिक्स डा.सञ्जीवकुमार मिश्र र जनरल फिजिसियन फेलोसिप इन डाइबिटिज डा.अजय यादवलगायतले  बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।