झापा । झापाको गौरीगञ्ज, कचनकवल गाउँपालिका र मेचीनगर नगरपालिका बिबिभन्न स्थानबाट प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको छ । बिभिन्न स्थानबाट प्रहरीले दुई लाख २६ हजार रुपैयाँ बराबरको अवैध सामाग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी चौकी कोरोबारीको प्रहरी टोलीले गौरीगञ्ज गाउँपालिका वडा नं.२ बिरपुरबाट मे ५ प ६४३२, र विआर ३७ जि २७७३ नम्बरको मोटरसाइकलमा भारत देखी अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको २०० किलो चिनि, ५० किलो आँटा नियन्त्रणमा लिएको जिल्लाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

ईलाका प्रहरी कार्यालय खजुरगाछीको प्रहरी टोलीले गौरीगञ्ज–४ सुकुम्बासी टोलबाट भारतदेखी अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको १५० किलो चिनि, त्यसैगरी ईलाका प्रहरी कार्यालय केचनाको प्रहरी टोलिले कचनकवल गाउँपालिका वडा नं.४ को नेपाल – भारत सिमाना खुट्टामुनिबाट अवैध रुपमा भारत देखि नेपाल तर्फ ल्याउदैं गरेको १२५ जोर फुटबल जुत्ता र अस्थाई प्रहरी पोष्ट ईटाभट्टाको प्रहरी टोलीले मेचीनगर–७ ईटाभट्टा चोकबाट भारतदेखी अबैध रुपमा नेपालतर्फ ल्याउदैं गरेको बिभिन्न किराना सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

२ लाख २६ हजार रुपैयाँ बराबरको सामानसहित २ वटा मोटरसाइकलहरुलाई आवश्यक कारबाहीका लागि भद्रपुर तथा मेचि भन्सार कार्यालयमा बुझाइएको प्रहरी कार्यालय झापाले जनाएको छ ।