श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन २९ गते सोमबार, १३ मार्च २०२३, नलनाम संवत्सर । चैत्र कृष्णपक्षको षष्ठी तिथि २१ः४७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र विशाखा ०८ः३६ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः१५ बजे र सूर्यास्त ०६ः१० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयमा वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्नेछन् । थालेको काम दोहो¥याउनु पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही विवादास्पद जिम्मेवारीसमेत बहन गर्नुपर्ला । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हातमा आएको रकम तत्काल खर्च हुनेछ । खर्च भए पनि प्रयत्न गर्दा आंशिक काम बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
थोरै लाभ भए पनि अभाव टर्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ। आफ्नो हकभोगमाथि अरूले दाबी गर्न सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नै व्यवहारले शत्रुता बढाउन सक्छ। गलत चिन्तन प्रकट गर्दा स्वयम् आलोचित भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले केही समस्या पर्नेछ। तापनि नियमित काम सम्पादन हुनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रचनात्मक काममा जुट्ने समय छ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। परिस्थिति सोचेजस्तो नहुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हड्बडले काम बिग्रन सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । विचार गरेर अघि बढ्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दोहो¥याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ।