श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन ३० गते मङ्गलबार, १४ मार्च २०२३, नलनाम संवत्सर । चैत्र कृष्णपक्षको सप्तमी तिथि २०ः४४ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र अनुराधा ०८ः३१ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः१४ बजे र सूर्यास्त ०६ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्नेछन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही काम दोहोर्याउनु पर्ने स्थिति आए पनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउला । शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनु पर्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुझबुझका साथ काम लिएमा उपलब्धि प्राप्त हुनेछ। व्यापारमा सामान्य फाइदा भइरहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि अलि सजग रहनुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत गर्दा नियमित काम बन्नुका साथै सामान्य फाइदा पनि हुनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला।