श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत १ गते बुधबार, १५ मार्च  २०२३, नलनाम संवत्सर । चैत्र कृष्ण पक्षको अष्टमी तिथि १९ः०९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र ज्येष्ठा ०७ः५३ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः१२ बजे र सूर्यास्त ०६ः१२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यका लागि आहारविहारमा सजग रहनु होला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ने हुनसक्छ। कामको चापबाट फुर्सदिलो भइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार–व्यवसायमा लाभ हुनेछ। आय बढ्नुका साथै उपहार प्राप्त हुने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक साधन जुट्नेछ भने आम्दानी बढ्ने काम प्रारम्भ हुन सक्छ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नु पर्नेछ। थालेको कामकाज अवरुद्ध हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रगतिमाथि ईष्र्या गर्नेहरूले पनि दुःख दिनेछन् । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।