धरान । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले मङ्गलबार गोलिया काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मे.१ त ६३१९ नम्बरको ट्याक्टरलाई चेकजाँचको क्रममा गोलिया काठसहित नियन्त्रणमा लिएको हो । मेचीनगर नगरपालिका–२ बाट १ सय ६० क्यु. फिट काठ बरामद गरिएको छ । प्रहरीले कदम र शिरिष जातको काठ नियन्त्रणमा लिएको हो ।

चालक २२ वर्षीय सर्वन राईलाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रगढी झापामा बुझाइएको छ ।

यस्तै मेचीनगर–६ बाट भन्सार छली गरेको विभिन्न सामग्री नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सुकेको सिध्रा ३ सय ७० केजी, २५ केजी मिश्री, सुकेको नरिवल १५ केजी बरामद गरिएको छ । प्रहरीका अनुसार २ लाख ४० हजार मूल्य बराबरको सामग्री नियन्त्रणमा लिएको हो ।