बेलबारी । चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्बाचनको मिति नजिकिँदै जाँदा मोरङको बेलबारीमा रहेको बेलबारी बहुमुखी क्याम्पसमा सर्बसम्मत नेतृत्व चयन भएको छ ।
संयुक्त बाम लोकतान्त्रिक गठबन्धन र एमाले निकट अनेरास्वविबयु बिच नै प्रतिष्पर्धा हुने तयारी भईरहेका बेला सहमतिमा नयाँ नेतृत्व चयन गर्ने निर्णय भएको बेलबारी बहुमुअी क्याम्पसका प्रमुख भुपेन्द्र कोईरालाले जानकारी दिए ।
उनका अनुसार सभापतिमा नेबसंघका तर्फबाट पुष्कल सुवेदी (सियोम) सचिबमा अनेरास्ववियुका विप्लव पोख्रेल,कोषाध्यक्षमा अखिल क्रान्तिकारीका कपिल बिष्ट,सदस्यमा नेबिसंघका नवराज भुजेल,अनेरास्ववियुका किसन चौधरी,अखिल क्रान्तिकारीका रमादेवी गिरी,अनेरास्ववियुका शंकर थापा र एलिना राजवंशी चयन भएका छन् ।
यसैगरी समानुपातिक तर्फबाट सदस्यमा नेबिसंघबाट आरती ठाकुर,अनेरास्वबियुबाट दिपक गुरुङ,सुजन बस्नेत,सिद्धार्थ शाह,रजिता थापा,संजिब मग्राती,अखिल क्रान्तिकारीबाट निकेश सुवेदी चयन भएको स्वबियु निर्बाचन समितिका सदस्य सचिब द्रौपदाकुमारी कार्कीले जानकारी दिइन् ।