श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल चैत २ गते बिहीबार, १६ मार्च २०२३, नलनाम संवत्सर । चैत्र कृष्णपक्षको नवमी तिथि १७ः०२बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मूल ०६ः५४ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०६ः१२ बजे र सूर्यास्त ०६ः१२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा जुट्न नसकिएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आशा देखाउनेहरूबाट उचित सहयोग प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा दोहोर्याएर प्रयत्न गर्दा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामान्य काममा धन र श्रम खर्चनुपर्ला। पहिले बिग्रिएको काममा दोहो¥याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायका लागि यात्रा सम्भावना छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ ।