श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत ३ गते शुक्रबार, १७ मार्च  २०२३, नलनाम संवत्सर। चैत्र कृष्णपक्षको दशमी तिथि १४ः२७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तराषाढा ०३ः०२ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि  मकर, सूर्याेदय ०६ः१० बजे र सूर्यास्त ०६ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। अरूका लागि बुद्धि खर्चनु पर्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिबन्दले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम रोकिनाले आयस्रोतसमेत कमजोर बन्न सक्छ । माहोल रमाइलो रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। मिहिनेतको फल प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ। महŒवाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ।