श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत ४ गते शनिबार, १८ मार्च २०२३, नलनाम संवत्सर, चैत्र कृष्णपक्षको एकादशी तिथि ११ः३२ बजेसम्म,  उप्रान्त द्वादशी, नक्षत्र श्रवण भोलि ००ः४३ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः१० बजे र सूर्यास्त ०६ः१३ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोगले लक्ष्य प्राप्ति हुनेछ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् । 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

कर्मयोगले नाम र दाम दिलाउनेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बाध्यताले अलमल बढाउन सक्छ । सानातिना काममै अल्झनुपर्ने देखिन्छ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पहिलेका समस्या पनि दोहोरिन सक्छन् । आशा देखाउनेहरूको भर पर्दा धोका हुनेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रयत्न गर्दा चुनौती पन्छाएर लाभ उठाउन सकिनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ काम थाल्न भने केही समय लाग्नेछ । परिबन्दले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। 


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। 


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

गोप्य सूचना बाहिरिनाले काममा बाधा पर्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कममात्र भेटिनेछन् । मन मिल्ने साथी भेटिनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ।