धरान । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–९ बबियास्थित सरस्वती माध्यमिक विद्यालयमा चोरी भएको जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवका अनुसार स्कुलमा शनिबार राति शैक्षिक सामग्री चोरी साथै तोडफोड गरिएको छ । यसबारे प्रहरीलाई मौखिक जानकारी गराएको उनले बताए ।
उनका अनुसार बालविकास केन्द्रमा रहेका विभिन्न सामग्रीहरू चोरी भएको छ । चोरीपश्चात् १५ थान डेस्कबेन्च पनि तोडफोड गरिएको छ । घटना आइतबार मात्रै थाहा पाएको विद्यालयका निमित्त प्रधानाध्यापक श्यामप्रसाद साहले जानकारी दिए । घटनाको सूक्ष्म अनुसन्धान गरी चोरीमा संलग्नलाई पक्राउ गर्न उनले प्रहरीसमक्ष अनुरोध गरे ।