धरानमा  ६२ केजी गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

धरान उपमहानगरपालिकाको वडा नम्बर २० र ११ बाट ३१ ३१ केजी गाँजासहित  प्रहरीले  एक महिला र एक पुरुषलाई पक्राउ गरेको हो । 

मंगलबार बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले  विशेष सूचनाको  सुराकीको आधारमा धरान २० सिरिसे गाउँमा गरेको चेकजाँचका क्रममा  धनकुटाबाट धरान तर्फ आउँदै गरेको  प्र १–०२–०५१ प २३०५ नम्बरको मोटरसाइकलमा  सवार धनकुटाको साँगुरीगढीका ९ आहालेका २५ वर्षीय जितेन राई गाँजा ३१ केजी गाँजा सहित नियन्त्रणमा लिएको  कार्यालयले जनाएको छ । 

सोही दिन ५ बजे सूचनाको आधारमा धरान ११ सुनौलो वस्ति बस्ने४७ वर्षीय  विष्णु माया राईको घरमा खानतलासी गर्ने क्रममा विष्णु मायाले घर कोठामा लुकाएर राखेको अवस्थामा ३१ गाँजा फेला परेको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार पक्राउ परेको दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।