श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत ९ गते बिहीबार, २३ मार्च २०२३, नलनाम संवत्सर। चैत्र शुक्लपक्षको द्वितीया तिथि १८ः४१ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र रेवती १४ः२५ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः०४ बजे र सूर्यास्त ०६ः१६ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सावधानी नअपनाउँदा धनमाल हराउन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम बिग्रनाले क्षति वा घाटा हुनसक्छ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि फाइदा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम प्रारम्भ हुनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले सफलताको उचाइमा पु¥याउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न अवसर प्राप्त भए पनि अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। तर, लक्ष्यमा पुग्न समय लाग्नेछ। सामान्य कामलाई निकै मिहिनेत पर्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला ।