विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो । 

नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले नै कक्षा – ११ को सामाजीक अध्ययन तथा जिवनउपयोगी शिक्षा  विषयको पाठ – ५ मा योग तथा ध्यान नामक शिर्षक राखिएको छ । उक्त २ दिने योग प्रशिक्षण कार्यक्रममा राष्ट्रिय पतंजली योग केन्द्र काठमाडौँका संयोजक लोकनाथ खनालले विद्यार्थीहरुलाई पाठ्यक्रमअनुसारकै विभिन्न योगासन त्यस्तै दैनिक जीवनको अत्यावश्यक योग अनुलोम विलोम, कपालभाती, भ्रामरी आदि योग प्रशिक्षण दिनुका साथै विद्यार्थीहरुलाई दैनिक जीवनमा काम लाग्ने टीप्स र मेमोरी पावर बढाउने टीप्सहरु दिएको कलेजले जनाएको छ ।

यस्तै लाइफ स्कील शिक्षा पनि दिएको थियो । पतंजली योग समिति मोरङकी संयोजक शिल्पा प्याकुरेल तथा  योग प्रशिक्षक इश्वरी गौतमले पनि विद्यार्थीहरुलाई परीक्षामा कसरी राम्रो गर्ने भन्ने बारे प्रशिक्षण दिए ।

समापन कार्यक्रममा कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले विद्यार्थीहरुलाई आफुले सिकेको योग घरका परिवारलाई पनि सिकाएमा यसको अझ महत्व बढेर जाने बताए । कार्यक्रममा हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल र प्रा.डा. पि.के. झाले  योगको महत्वबारे विद्यार्थीहरुलाई जानकारी गराए ।