श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल चैत १६ गते बिहीबार, ३० मार्च  २०२३, नलनाम संवत्सर। चैत्र शुक्लपक्षको नवमी तिथि २३ः४७ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पुनर्वशु २३ः१३ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः५९ बजे र सूर्यास्त ०६ः१७ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हिम्मत गरे लक्ष्यको उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रुहरू परास्त हुनेछन् । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रशस्त धन आर्जन गर्ने मौका छ।विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम पनि सम्पादन हुनेछन्। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । जटिल कामले लोभ्याउनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।