श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत १७ गते शुक्रबार, ३१ मार्च २०२३, नलनाम संवत्सर । चैत्र शुक्लपक्षको दशमी तिथि भोलि ०२ः१४ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पुष्य भोलि ०२ः१० बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः५६ बजे र सूर्यास्त ०६ः२० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक असमझदारीले काम रोकिन सक्छ। विनाकारण आफन्त टाढिन सक्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूका लागि श्रम तथा बुद्धि खर्चनु पर्ला। साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। रोकिएका काम प्रारम्भ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज उद्योग र व्यापारमा फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले चिताएका काम बन्नेछन्।आकर्षक उपहार प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विभिन्न अवसरले पछ्याउनेछन् । महŒवाकाङ्क्षी योजना पनि विस्तारै फलदायी हुनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। साँझतिर बौद्धिक कलाको प्रभाव बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।खर्च बढ्नाले अर्थ अभाव झेल्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको विश्वास गर्दा धोका पाइनेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। यात्राको प्रक्रिया अघि बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्चिलो कामले कर्जा बढाउला। साँझदेखि पारिवारिक जमघटको आनन्द प्राप्त हुनेछ।