श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत १८ गते शनिबार, १ अप्रिल २०२३, नलनाम संवत्सर । चैत्र शुक्लपक्षको एकादशी तिथि भोलि ०४ः३६ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अश्लेषा भोलि ०५ः०२ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः५४ बजे र सूर्यास्त ०६ः२० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रगतिमा ईष्र्या गर्नेहरूले पनि अवरोध पु¥याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनु होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अग्रज तथा सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। कर्मयोगले नयाँ मोड लिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरूले सम्झौता गर्न सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मयोगबाट मनग्य आम्दानी भिœयाउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफयोग्य कामले प्रशंसकहरू बढ्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ।