श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत १९ गते आइतबार, २ अप्रिल २०२३, नलनाम संवत्सर । चैत्र शुक्लपक्षको द्वादशी तिथि भोलि ०६ः४१ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र मघा भोलि ०७ः३८ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः५३ बजे र सूर्यास्त ०६ः२१ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुनसक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ। तापनि प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बनाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनसक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभचिन्तक तथा प्रशंसकहरू बढ्नेछन् । विशेष सभा–समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफूले गरेका कार्यबाट अरूले फाइदा उठाउन सक्छन् । पहिलेको सफलताले भने उत्साह जगाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।