मोरङ । मोरङमा कार्यरत ट्राफिक प्रहरीहरूको आँखा जाँच गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र भाष्कर आई केयर एण्ड ग्लुकोमा सेन्टर प्रा.लि. विराटनगरको सहकार्यमा आँखा शिविर आयोजना गरी प्रहरी कर्मचारीहरूका साथै ई–रिक्सा चालक र सर्वसाधारणहरूसमेतको निःशुल्क आँखा जाँच गरिएको हो ।

शिविरमा महिला ४१ र पुरुष ९५ जना गरी जम्मा १ सय ३६ जनाको आँखा जाँच गरिएको थियो । शिविरमा ४० ट्राफिक प्रहरी कर्मचारीलाई सनग्लाससमेत हस्तान्तरण गरिएको थियो ।