विजयपुर । युएन/नवोदय कलेजमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिबार परिवर्तनका लागि सामाजिक अभियान धरानको आयोजनामा ६० वर्षमाथिका वृद्धवृद्धाका लागि निःशुल्क शिविर सञ्चालन गरिएको हो । नवोदय विद्या मन्दिर/युएन कलेजको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो । शिविरमा विराट टिचिङ अस्पतालमा कार्यरत वरिष्ठ डा. शाहले सेवा दिएका हुन् ।

कलेजमा अध्ययनरत विद्यार्थीका अभिभावक लक्षित शिविरमा मुटुरोग साथै सुगर, पे्रसरको औषधि पनि निःशुल्क दिइएको थियो । युएन नवोदय हेल्पिङ हेण्ड्सका अध्यक्ष तथा शिविरका संयोजक रामबहादुर लिम्बूका अनुसार ६२ जनाले सेवा लिएका थिए । शिविरमा युएन कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्रिन्सिपल डम्बरकुमार तुम्बापो, अध्यापक गगनमान श्रेष्ठ, विजय अछामीको उपस्थिति रहेको थियो ।