विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी हस्पिटल कोशीमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको छ । मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो । 

अस्पतालका न्यूरो सर्जन डा. चन्द्र प्रकाश यादवको नेतृत्वको चिकित्कीय टिमले  राजभारको मतिष्कमा दुई हप्तादेखि गाढिएको हड्टी ढेड घण्टा शल्यक्रिया गरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ । 

राजभार खेल्ने क्रममा दुई हप्ता अगाडी टाउकोमा बाँसको भाटाले लागेर गम्भिर चोट लागेको थियो । आर्थिक अवस्था नाजुक रहेको राजभार परिवारले उपचार गर्ने खर्च नभएपछि झण्डै एक हप्ता घरमै बलवीरलाई राखे । बलवीरको टाउको दुखेर असय पीडा हुन थालेपछि मात्रै ठुला बुवा उमेश राजभारले ५ चैतमा कोशी अस्पतालको ओपीडिमा लिएर आए । जव अस्पतालका न्यूरो सर्जन डा. चन्द्र यादवले राजभारको टाउमा लागेको चोट हेरे उनी चकित भए । चोट लागेको एक हप्तापछि अस्पताल लिएर आएका थिए । 

जनमिस्त्री गरेर पाँच जनाको परिवार पाल्दै आएका दिनेशसँग छोराको उपचार गर्ने खर्च नभएको कारणले उपचार गर्न ढिलो आएको ठुला वुवा उमेशले चिकित्सकलाई बताए । त्यसपछि अस्पताल प्रशासनले निःशुल्क शल्यक्रिया र उपचार गर्ने घोषणा गरिदियो । त्यसलगतै अस्पतालका न्यूरो सर्जन डा. यादवको नेतृत्वको टोलीले राजभरको ढेड घण्टा लगाएर सफल शल्यक्रिया गरेको छ । ‘बाँसले लागेर टाउको हड्डी फुटेर मतिष्क भित्र गाढिएको सिटी स्कायन गरेपछि थाहा भयो । त्यसपछि शल्यक्रिया गरेर गाढिएको हड्डी निकालेका छौं,’ डा. यादवले भने, ‘ अहिले ठिक ठाउँमा आएको छ । विरामीको अवस्था सुधार भइरहेको छ ।’

शल्यक्रिया गरिएको दशदिनपछि विरामी बलवीरलाई सोमबार डिस्चार्ज दिने तयारी गरिएको उनले बताए । ‘विरामीलाई अहिले खान, बस्न र हिडडुल गर्न सक्ने भएका छन् । शल्यक्रियापछि क्रमिक रुपमा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको हो,’ डा. यादवले भने । बालककोे उपचार गरिरहेका चिकित्सक  यादवका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्जको तयारी गरिएको हो । 

यस्तो विरामीको उपचार जतिसक्दो चाँडै नगरे छारेपन आउने सक्ने सम्भावना बढी हुने उनले बताए । ‘रगत जम्न सक्ने हुन्छ । भोलीको दिनमा बच्चाको एक साइट खुट्टहरू कमजोर हुनसक्छ । त्यसले गर्दा चाँडै शल्यक्रिया गरिनुपर्ने हुन्छ,  र त्यो मतिष्कमा गाढिएको हड्डी निकाल्नुपर्ने हुन्छ,’ डा. यादवले भने । 

टाउँको खोलेर गरिएको यो शल्यक्रिया कोशी अस्पतालमा पहिलो भएको अस्पतालका निमिक्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट  सह प्राडा रविन राज सिंहले बताए । ‘यसअघि अस्पतालमा टाउकोको सिस्टहरू निकाल्ने गरिएको थियो । अहिले टोउको खोलेर मतिष्कमा गाढिएको हड्डी निकाल्ने शल्यक्रिया यो  कोशी अस्पतालमा पहिलो हो,’ उनले उनले भने, ‘अहिले सफल शल्यक्रिया पनि भएको छ ।’ काशीमा न्यूरो सर्जरीको सेवाहरु अहिले संचालनमा रहेको उनले बताए । आर्थिक रुपमा विपन्न परिवारले उपचार खर्च नभएको बताएपछि अस्पतालले शल्यक्रियादेखि उपचार खर्च पनि निःशुल्क गरेको उनले बताए । 

न्यूरो सर्जन डा. यादवले उपचार गरेपछि छोराको स्वाथ्य अवस्था ठिक भएपछि ठुला बुवा उमेश हर्षित मुद्रामा देखिएका छन् । ‘अहिले छोरा हास्न र बोल्न  सक्ने भएको छ । १० दिनको उपचारपछि सोमबार डिस्चार्ज हुने भएको छ,’ उनले भने, ‘छोरालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बाबुलाई बचाउनुभयो । बाँच्दैनन जस्तो लागेको थियो । छोराले नयाँ जीवन पाएका छन् ।’ राजभर परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।