विराटनगर । न्यूरो सर्जरी सेवा सुरू भएको कोशी अस्पतालमा प्रयाप्त मात्रामा जनशक्ति र उपकरणहरुको अभाव रहेको चिकित्सकहरुले बताएका छन् ।
कोशीमा न्यूरो सर्जरीको दरबन्दी एक जना रहेको छ । उक्त दरबन्दी पदपूर्ती भएको छ । न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत नहुदाँ समस्या भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । ‘न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत र नर्सहरुको आवश्यक रहेको छ ।
त्यससँगै थप उपकरणहरुको पनि आवश्यक रहेको छ,’ न्यूरो सर्जन डा. चन्द्र प्रकाश यादवले भने, ‘ तत्काल पोस्टप र माइक्रोस्कप उपकरण भए न्युरो सर्जरीको ठुला– ठूला शल्यक्रिया गर्न सकिने थियो ।’ थप जनशक्ति र प्रयाप्त उपकरणहरु भए ब्रेन ट्युमरको शल्यक्रियादेखि मेरुदण्डसम्मको उपचार गर्न सकिने उनले बताए । न्युरो सर्जरी आइसियूको पनि आवश्यक रहेको उनले बताए । ‘यो जरुरी छ । अप्रेसन गर्नुमात्र ठूलो कुरा होइन् । त्यसपछि हुनुपर्ने कियर ठुलो विषय हो,’ उनले भने, ‘त्यसैले जनशक्तिको आवश्यक रहेको छ ।’
कोशीको ओपीडिमा हप्ताको तीन दिन न्यूरो सर्जरीको सेवाहरु हुने गरेको छ । सोमबार, बुधबार र बिहीबार ओपीडिमा चिकत्सक यादव बस्नेत गरेका छन् भने शल्यक्रिया हप्ताको दुई दिन हुने गरेको छ । शल्यक्रिया आइतबा र मंगलबार हुने गरेको अस्पतालले जनाएको छ ।
कोशी अस्पतालका निमिक्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट सह प्राडा रविन राज सिंहले २० वर्ष अगाडीदेखिको दरबन्दी अनुसार अहिले काम भइरहेको बताए । ‘त्यो बेला विरामीको चाप एकदमै कम थियो । त्यसबेलामा ओपीडमा ५ देखि ६ सय विरामी हुने गरेको थियो । अहिले दैनिक ओपीडिमा १५ सय देखि २ हजारसम्म विरामी आउने गरेका छन् ।
पुरानो दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन् । अहिले ओएनम सर्वे भएको छ । यो सदर भएर आएपछि जनशक्ति थप हुनेछ । यसको लागि हामीले पहलकदमी गरिरहेका छौं,’ मेसु सिंहले भने ।