श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत २० गते सोमबार, ३ अप्रिल २०२३, नलनाम संवत्सर । चैत्र शुक्लपक्षको द्वादशी तिथि ०६ः४१ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र मघा ०७ः३८ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः५२ बजे र सूर्यास्त ०६ः२१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ। विशेष अध्ययन तथा ज्ञानको खोजीमा समय बित्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। आज नाम, दाम र इनाम मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कामबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ। व्यापारमा राम्रै उपलब्धि हासिल हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भङ्ग हुन सक्छ। बेसुरमा वचन दिनाले समस्या निम्त्याउला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूको फाइदाका लागि उपयोग भइएला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य भेटिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्यामा सहयोगीहरू फेला पार्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तत्काल फाइदा नभए पनि काम शुभारम्भ हुनेछ । प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धामा उत्रनुपरे पनि सामान्य उपलब्धि हातपार्न सकिनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले आंशिक सफलता भने दिलाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिएलान्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि फाइदा हुनेछ।