श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत २२ गते बुधबार, ५ अप्रिल २०२३, नलनाम संवत्सर । चैत्र शुक्लपक्षको चतुर्दशी ०९ः३६ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र उत्तरफाल्गुनी ११ः३७ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः५० बजे र सूर्यास्त ०६ः२२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको विश्वासमा पर्दा धोका हुनसक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ।कामबाट मनग्य लाभ मिल्नेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर, खर्च बढ्नाले अर्थ सङ्ग्रहमा बाधा पुग्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज यात्राको सम्भावना देखिन्छ।परिस्थितिको चक्रमा अलमलिनु पर्दा कार्यसम्पादनमा समय लाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउने चेष्टा गर्नेछन्। चुनौतीपूर्ण जिम्मेवारी आउन सक्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झनाले विभिन्न अवसर प्राप्त हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक दायित्व बढ्नेछ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य पनि हुनसक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ।आज धर्म–कर्म र सेवामा प्रवृत्त भइएला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। भविष्यका लागि धन सञ्चित गर्ने समय छ।