श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत २३ गते बिहीबार, ६ अप्रिल  २०२३, नलनाम संवत्सर । चैत्र शुक्ल पक्षको पूर्णिमा तिथि १०ः२० बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र हस्ता १२ः५५ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि  कन्या, सूर्योदय ०५ः४९ बजे र सूर्यास्त ०६ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सावधानीका साथ काममा लाग्नु पर्ला । अप्ठ्यारो समयमा सहयोगीहरूले साथ नदिन सक्छन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम बिग्रने भयले सताए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ईष्र्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ । दोहो¥याएर प्रयत्न गरे लक्ष्य प्राप्ति हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइ–लेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गरे धनलाभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तत्काल श्रम परे पनि पछि फाइदा लिन सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले काम बन्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका सम्झौता भने तोड्नुपर्ने स्थिति आउन सक्छ । रोकिएका काम दोहो¥याउनु पर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारबाट मनग्य धनलाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक भेटघाट हुनुका साथै मिष्ठान्न भोजन प्राप्त हुनेछ ।