विराटनगर । विराटनगर ९ मा रहेको प्रन्जल एजुकेशन कन्सलटेन्सीले प्रथम वार्षिकउत्सव मनाएको छ । विराटनगरमा शाखा कार्यालय रहेको कन्सलटेन्सीले बिहीबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।

 काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको प्रन्जलले एक वर्षअगाडी देखि विराटनगरमा शाखा कार्यालय स्थापना गरी कन्सलटेन्सीको काम गर्दै आएको छ । विराटनगर शाखाबाट वार्षिक एक दर्जन बढी विद्यार्थीहरुलाई अध्ययनको लागि ६ वटा देश पढाउने गरेको निर्देशक राकेश पोखरेलले बताए ।

उनका अनुसार विराटनगरको प्रन्जल एजुकेसन कन्सलटेन्सीबाट ५० देखि ६० जना विद्यार्थीले आयल्स गर्दै आएका छन् ।

‘यी मध्ये गत वर्ष १२ जना  विद्यार्थीहरू अध्ययनरको लागि विभिन्न देशहरु गएका छन् ।’ उनका अनुसार ६ जना अस्ट्रेलेयिा, २ जना क्यानडा, २ जना युके गएको उनले बताए । विदेश पढन आइटिका विद्यार्थीहरु बढी जाने गरेको उनले बताए । 

उक्त कन्सलटेन्सीमा विराटनगरको विभिन्न कलेजहरु पठनपाठन गराउने प्रध्यापकहरु संलग्न रहेका छन् । जसमा राकेश पोखरेल, भवानी शंकर भट्टराई र सागर श्रेष्ठ संचालक रहेका छन् ।