श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत २४ गते शुक्रबार, ७ अप्रिल २०२३, नलनाम संवत्सर, वैशाख कृष्णपक्षको प्रतिपदा तिथि १०ः३५ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र चित्रा १३ः४४ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः४८ बजे र सूर्यास्त ०६ः२३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको सफलताले हौसला जगाउनेछ । पछिका लागि विशेष कामको जग बसाउने मौका छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिश्रम गरेअनुसार लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि उन्मुक्ति मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषिक्षेत्रबाट राम्रो लाभ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।अरूको मुख ताक्ने बानीले काम बिग्रन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूलाई दिने नभई धन भिœयाउने समय छ। अरूलाई दिन ठीक पारेको धनमाल आफैलाई आवश्यक पर्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत गरे राम्रो परिणाम प्राप्त हुनेछ। अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझावले लाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत गरे राम्रो परिणाम प्राप्त हुनेछ। रोकिएका काम गर्ने समय छ। दिगो काम प्रारम्भ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। सबैको सहयोग प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ।