धरान । मोटरसाइकलको नक्कली ब्लुबुक बनाई बिक्री गर्दै आएका झापाको हल्दीबारी गाउँपालिका–१ का एक युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ४४ वर्षीय जगतबहादुर लिम्बूलाई मङ्गलबार पक्राउ गरिएको हो ।

अस्थायी प्रहरी चौकी खुदुनाबारी झापाको टोलीले तीनवटा मोटरसाइकलसहित विभिन्न सामानहरू पनि बरामद गरिएको छ । प्रहरीका अनुसार बागमती प्रदेश–०२–०३८ प ३१६३ नम्बरको केटिएम डुक मोटरसाइकल, बागमती प्रदेश ०२–०३६ प १६५३ नम्बरको डुक मोटरसाइकल र बागमती प्रदेश ०२–०३५ प १६६६ नम्बरको पल्सर मोटरसाइकलसहित तीनवटै मोटरसाइकलको नक्कली ब्लुबुक पनि बरामद गरिएको छ ।

त्यस्तै न्यू धनुषा ट्रेडर्सको पान बिल ८ थान, १ थान स्ट्याम्प र १ थान स्ट्याम्प प्याड, खरिद बिक्री सम्झौता–पत्र, उनको र कुमार शाक्यको नामको जग्गा खरिद बिक्रीको सम्झौता पत्र बरामद गरिएको छ ।