श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल चैत २५ गते शनिवार, ८ अप्रिल २०२३, नलनाम संवत्सर। वैशाख कृष्णपक्षको द्वितीया तिथि १०ः२४ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र स्वाती १४ः०९ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः४७ बजे र सूर्यास्त ०६ः२४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अलमल गर्ने बानीले समस्या निम्त्याए पनि मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्ना सूचना बाहिरिने हुँदा गोपनीयतामा ध्यान पु¥याउनु होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानी प्रशस्तै भए पनि रकम सञ्चय भने नहुन सक्छ । प्रतिस्पर्धामा केही त्रुटि देखापर्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा फाइदा उठाउन नसकिएला । खर्चिलो काम थाल्नाले धन जुटाउनु पर्ने हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सरसापटमा केही धन बाहिरिने देखिन्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गरेमा काम सजिलै सम्पादन हुनेछ । अध्ययनमा राम्रो उपलब्धि हासिल हुनाले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित काम सम्पादन हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।रोकिएका घरेलु कामकाज विस्तारै बन्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हतारको निर्णयले भने काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गरे लक्ष्य प्राप्ति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मेहनत गरेमा अध्ययनमा पनि प्रगति हुने समय छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ ।वैदेशिक यात्राको कार्य अघि बढ्ने योग परेको छ ।