श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत २६ गते आइतबार, ९ अप्रिल २०२३, नलनाम संवत्सर । वैशाख कृष्णपक्षको तृतीया तिथि ०९ः४८ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र विशाखा १४ः११ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः४६ बजे र सूर्यास्त ०६ः२५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। साथीभाइको आगमनले दिन रमाइलो रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रम र मिहिनेतले लक्ष्यमा पु¥याउनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फजुल खर्च बढ्न सक्छ । काममा केही समय लागे पनि सुखद् समाचारले उत्साह जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले प्रतिष्ठित काम सम्पादन हुनेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषिक्षेत्रबाट लाभ मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सन्तान वा अनुयायीको साथले पनि काममा जोस, जाँगर बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ला। हिस्सेदारसँग असमझदारी बढ्नाले पुनः नयाँ सम्झौता हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बेसुरमा दिइएको वचनले समस्या निम्त्याउने हुँदा योजना तत्काल सार्वजनिक नगर्नु होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ। स्वास्थ्यमा पनि समस्या आउन सक्छ ।