श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत २७ गते सोमबार, १० अप्रिल २०२३, नलनाम संवत्सर । वैशाख कृष्ण पक्षको चतुर्थी तिथि ०८ः५१ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अनुराधा १३ः५१ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः४५ बजे र सूर्यास्त ०६ः२५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
माया मारेको फल पुनः प्राप्त हुनसक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गरे समस्याको समाधान हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोगीहरूले काममा सहयोग गर्न सक्नेछन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। चुनौतीको सामना गर्नुपर्ला । थालेको काम रोकिन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।व्यापार तथा आर्थिक कारोबारमा राम्रै फाइदाको योग छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। केही प्रतिस्पर्धा हुन सक्छ। तापनि प्रयत्न गरे मौकाको फाइदा लिन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धीलाई सजिलै उछिन्ने मौका छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा–मामिलामा पनि विजयी भइनेछ। आँटले सजिलै लक्ष्यमा पु¥याउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत बढाउनेछ।