बिषय प्रवेशः
देशमा भ्रष्टाचार, कमिसन, घुसखोरीतन्त्र हाबी भएको छ । जसको कारण लोकतन्त्रसमेत धरापमा पर्ने खतरा बनिरहेको छ । यसको प्रमुख बाधक तत्व भनेको दलाल पुँजीवाद हो । जसले पँुजीवादी पार्टी र समाजवादी, साम्यवादी पार्टीहरू एवम् नयाँ दल, स्वतन्त्र निर्वाचन जितेकाहरूलाई समेत सर्लक्कै निलेको छ । अबका नयाँ पुस्ताले समाजवादी राष्ट्रिय पुँजी निर्माणमा ध्यान दिनु पर्दछ ।
विश्वमा कुशासनको जन्मः
फ्रान्समा लुई चौधौंले ‘म नै राज्य हुँ, म मरेपछि प्रलय होस्’ भने । रुसका जार निकोलास द्वितीयले ‘मेरो चिरस्मरणीय बाबुले जस्तै निरङ्कुशता सिद्धान्तको पालना गर्नेछु’ भनेर त्यही शासन गरे । मार्कोस, सुहार्तो, मोबुत, डुम्भ्यालियरहरूले देशको ढुकुटी चोरेर देशलाई कङगाल बनाए ।
उदारवादी, नवउदारवादी विचारधाराको जन्मः
सत्रौँ, अठारौँ शताब्दीमा थोमस हब्स, जोन लक, जिन ज्याक र रुसोले उद्दारवादी सामाजिक सम्झौता गरे । बीसौँ शताब्दीमा नवउदारवादी वासिङ्टन सम्झौताले आपराधिक सिन्डिकेट र व्यापारी घरानाहरूको उदय गरेर सुशासनको धज्जी उडायो । अहिले पनि त्यो जारी छ ।
चीनको आर्थिक प्रगतिः
सन् १९१३ यता चीनको आर्थिक क्षेत्र द्रुतगतिमा विकास भइरहेको छ । सन् २०२३ मा आइपुग्दा ९ करोड ८९ लाख ९० हजार ग्रामीण जनतालाई आर्थिक मुक्ति दिलाएर गरिबबाट मध्यम्वर्गमा रूपान्तरण गरेको छ । विश्वमा गरिबी निवारणको योगदानमा चीनको ७० प्रतिशत रहेको छ । सन् २०१३ मा सात सय युआन जीडीपी नपुगेको चीनले अहिले हजार खर्ब युआनभन्दा धेरै प्रगति गरेको छ । सन् २०२० मा चीनको प्रतिव्यक्ति आय ३३ हजार डलर रहेको थियो । यसकारण चीनको आर्थिक प्रगतिको बाटो छोटो समयमै सफल हुँदै गएको छ । हामीले पनि शिक्षा लिने होला नि हैन त ? चीनको आर्थिक स्थिति प्रगति हुनुमा ३ जनाको प्रमुख भूमिका रहेको छ । पहिलो माओः जसले कृषिक्रान्ति गरे । दोस्रोः देङसियाओ पिङः जसले सुधारवादी अर्थ नीति लिए । तेस्रोः सि जिन फिङः जसले सन् २०१३ बाट सन् २०२३ सम्म आइपुग्दा आर्थिक र सामरिक प्रगति गरेर विश्वमा आफूलाई स्थापित गरे । बजार अर्थनीति उदारीकरण भए पनि देशभित्रको अर्थनीति समाजवादी र माक्र्सवादी अर्थनीति नै रहेको छ । सारमा माक््र्सवादी÷समाजवादी अर्थनीति नै हो । जसले चीनलाई आर्थिक शक्ति सम्पन्न बनाएको छ । सन् २००७ मा अर्थतन्त्र कमजोर भएको चीनले सन् २०१८ मा आइपुग्दा विश्वकै आर्थिक प्रगतिको राष्ट्रमा पहिलो नम्बरमा आइपुग्यो । यो तथ्याङक अनुसार विश्वमा ५ सय १४ ट्रिलियन डलर सम्पत्ति रहेकोमा चीनसँग १ सय २० ट्रिलियन डलर रहेको छ भने अमेरिकासँग ९० ट्रिलियन डलर र बाँकी अन्यसँग रहेको छ । चीनको आर्थिक प्रगतिको देन मुख्य गरेर सी जिन फिङलाई जान्छ ।
नेपालको सन्दर्भमाः
नेपालमा भ्रष्टाचार विरोधी नारा चुनावका बेला र सत्ता पुग्नेहरूले लगाए पनि एउटै पनि भ्रष्टाचारी मान्छे समातिएनन् । बरु कानूनी ढङ्गबाट पनि छुट्कारा दिलाउने काम भयो । ओम्नी ७० करोड कमिसन प्रकरण, औषधि खरिदमा घोटाला, लाउडा काण्डा, बालुवाटार प्रकरण, निर्मला हत्याकाण्ड, टुँडिखेल प्रकरण, ३३ के.जी. सुनकाण्ड आदि लगायतका गतिविधिमा हिजोका सामन्तवादी, आजको पुँजीवादी र स्वघोषित समाजवादीहरू पनि अछुतो रहेन र रहेका छैनन् ।
राजतन्त्रको सन्दर्भमाः
नेपालमा राजतन्त्रका बारेमा पश्चिमी रदक्षिणी शक्तिको मत एक भएको छ । युरोपियन युनियन अमेरिकाको कारण बोल्न सकेको छैन । यस बारेमा चीन पनि बोलेको छैन । हिजो राजतन्त्रसँग चीनको सम्बन्ध सुमधुर थियो । भारतीय जनता पार्र्टी (भाजपा)को सन् २०२५ सम्म नेपालमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र राज्य बनाउने÷ल्याउने रणनीतिअनुसार त्यो राजनीतिक घटनाक्रमले पुष्टि गर्दै गैरहेको र राजतन्त्र आउने सङ्केत मिल्दै गएको विश्लेषण छ । अमेरिकी रणनीति संवैधानिक राजतन्त्रको पक्षमा सकारात्मक रहे पनि हिन्दु राष्ट्रका बारेमा सकारात्मक नरहेको बताएका छन् । यसकारण सङ्घीयता, लोकतन्त्र, गणतन्त्र धरापमा पर्दैछ । राजाको भ्रमण र अभिनन्दनले पनि यसलाई पुष्टि गर्दै आइरहेको छ ।
राजनीतिक घटनाक्रमः
एमाले–माओवादी केन्द्र एकीकरण, नेकपा– नेकपा विघटन, नेकपा (समाजवादी) विभाजन, वामदेव गौतमको छुट्टै अभियान जस्ता विषयहरू पनि यसैको निरन्तर प्रक्रिया थियो । जसपामा विवाद, सत्ता र सडक दुवैको प्रयोग, काङ्ग्रेसमा आन्तरिक कलह, माओवादीमा विवाद, सत्ता र सडक दुवैको प्रयोग आदि घटनाक्रम पनि यसका लागि जिम्मेवार देखिन्छ । भारतीय स्थलसेना रणवाने, ‘रअ’ प्रमुख सामन्तकुमार गोयल, नेपालस्थित चिनियाँ राजदुत हौ यान्छिको तत्कालीन भ्रमणका सङ्केत, राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारहरूको उदय, दलहरूबीचको सङ्घर्ष र त्यसभित्रको पनि आन्तरिक सङ्घर्ष, अप्राकृतिक गठबन्धन, सत्ता र सडकको अलोकतान्त्रिक प्रयोग आदि जस्ता विषयले संवैधानिक राजतन्त्रलाई मलजल गरिरहेको बताउँछन्, राजनीतिक र कूटनीतिक अधिकारीहरू !
सम्झौताः
कोसी नदी, गण्डकी नदी, महाकाली नदी, पञ्चेश्वर, नौमर, बिप्पालगायतका सझौताले देशको प्राकृतिक स्रोत साधनको दोहन भएको छ । सम्झौता पास गर्दा संसद्मा सांसद् किनबेच भएको थियो । नेपालका २३ वटा कलकारखानाहरू हरिसिद्धि इँट्टा टायल कारखाना, ट्रली बस, सुनवल चिनी मिल, हेटौंडा कपडा उद्योग, बाँसबारी छालाजुत्ता उद्योग÷कारखाना, चाइनिज इँट्टाभट्टा, हेटौँडा सिमेन्ट कारखानालगायतका कारखानामा वैदेशिक स्वामित्व स्वीकार गर्ने र व्यक्ति पोसाउने कार्य भयो । यो देशको राजनीतिक र आर्थिक खतराको सङ्केत थियो । त्यो पुष्टि हुँदै गएको छ ।
निष्कर्षमाः
देशको राजनीतिक तथा आर्थिक स्थिति खतरा उन्मुख छ । भ्रष्टाचार, कमिसनतन्त्र र दलाल पुँजीवादलाई समाप्त नपारी देश अगाडि बढ्न सक्दैन । सत्य कुरा बोल्न नछाडौँ । समयले पुष्टि गर्ने छ कि जदार्नो ब्रोनले पृथ्वी गोलो छ भन्दा जिब्रो काटियो । चाल्र्स डार्विनले मानिसको पुर्खा बाँदर हो भन्दा युरोपमा खिसीट्युरी गरेर पत्रिकामा कार्टुन छापियो । तर, पृथ्वी गोलो छ र मानिसको पुर्खा बाँदर हो भन्ने कुराको पुष्टि भयो । अब नयाँ पुस्ताहरू यो समयको ब्रोन र डार्विन हुन् । सत्य कुरामा मात्र विश्वास गर्छन् । स्वार्थ त्यागौँ । सत्य राजनीति गरौँ । आर्थिक विकासका नयाँ आयामको सुरुवात गरौँ । सङ्घीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा गर्दै रचनात्मक चुनावी प्रतिस्पर्धाबाट सकारात्मक श्रेष्ठता हासिल गर्ने कुरामा जिम्मेवार बनौँ ।