धरान । धरान–१६ स्थित रोजबड मन्टेश्वरी एन्ड ट्रेनिङ सेन्टरले आठौँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूलाई दीक्षित गरेको छ ।

कक्षा १ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई दीक्षित गरिएको सेन्टरका सञ्चालकमध्येका एक सञ्जीव उदासले जानकारी दिए । युकेजीबाट कक्षा १ मा उत्तीर्ण भएका ११ जनालाई दीक्षित गरिएको उदासले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरूले राइम्स, नृत्य, गीत प्रस्तुत गरे । त्यसक्रममा नर्सरी, एलकेजी र युकेजीमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो परिचय पनि दिएका थिए । केही विद्यार्थीहरूले सामाजिक सञ्जाल, अनुशासन, प्रविधिको महŒव, मित्रता, सपना, वातावरणीय प्रदूषणका बारेमा बोलेका थिए ।

यस्तै सेन्टरबाट उत्तीर्ण भई विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीहरूले पनि नृत्य तथा गीत प्रस्तुत गरेका थिए । मेनुका गिरीको सभापतित्वमा भएको कार्यक्रममा धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा, गायक डिल्ली फोम्बो, सेन्टर प्रमुख राजेन्द्र गिरीलगायतको उपस्थिति रहेको थियो ।