सन् १७५५ अप्रिल १० मा महामानव डा. क्रिश्चियन फ्रेड्रिक सामुएल हैनीमेनको जन्म भयो । उनी इतिहास बनाउने महामानव थिए । उनको जन्म जर्मनीको सेक्सोनी सहरको मिसिल गाउँमा भएको थियो । उनका बुबाको नाम क्रिश्चियन गडफ्रिड हैनीमेन र आमाको नाम जोहाना क्रिश्चियाना थियो । उनी परिवारको तेस्रो सन्तान थिए । उनको जन्म एक गरिब परिवारमा भएको थियो । उनका बुबा माटोको भाँडामा रङका बुट्टा लगाउने काम गर्दथे । गरिबीको कारण उनले १२ वर्षको उमेरसम्म स्कुल जान पाएनन् । उनको अध्ययन गर्ने रुचि अत्यधिक भएका कारण अभावका बावजुद पनि उनलाई बुबाले स्कुल भर्ना गरिदिए । स्कुल जान थालेको ८ वर्षमा नै उनले माध्यमिक शिक्षा पूरा गरे । उनलाई चिकित्सक बनेर सेवा गर्ने ठूलो इच्छा थियो । उनी असल सोचाइका व्यक्ति थिए । उनको त्यो मेहनती, मिजासिलो र जिज्ञासु स्वभावले गर्दा उनलाई आफ्नै शिक्षक मिस्टर मजिष्टर मुलरले आफ्नो सन्तानसरह माया गरी पढाइमा ठूलो सहयोग गरे ।
माध्यमिक शिक्षा पूरा भएपछि उनि चिकित्साशास्त्र अध्ययनका लागि लाइपसोग गए । आर्थिक अवस्था कमजोर भएकोले उनले आफ्नो अध्ययन पूरा गर्न विभिन्न पुस्तकहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मनी आदि भाषामा अनुवाद गर्न थाले । यहासम्म आइपुग्दा उनी १२ भाषामा राम्रो दख्खल राख्नसक्ने भएका थिए । त्यो समयमा पुस्तक एक भाषाबाट अर्को भाषामा अनुवाद गर्नु त्यति सजिलो थिएन, पैसा पनि राम्रै पाइन्थ्यो । त्यही आयस्रोतको आधारमा उनले सन् १७७९ मा आलिङ्गन युनिभर्सिटीबाट मेडिकल (चिकित्साशास्त्रको सर्जरी विषयमा एम.डी. पास गरे र हस्पिटलमा बिरामीको सेवामा उपचारकको रूपमा काम गर्न थाले । उनका जम्मा १२ जना सन्तान थिए । तिनीहरूको पालन–पोषण गर्न सधैँ उनलाई धौ–धौ परिरहन्थ्यो र उनी थप घरखर्च जुटाउन चिकित्सकीय कार्यका साथै विभिन्न पुस्तकहरू अनुवाद गर्ने कार्य जारी राखे । उनी यो अवस्थासम्म आइपुग्दा थुुुुुुप्रै बिरामीहरूको सफल उपचार गरेर उपलब्धिहरू प्राप्त गरेर पनि आफ्नो चिकित्सकीय पेशामा सन्तुष्ट देखिएनन् । मानिसलाई चिरफार गर्नु, अङ्ग काटेर फाल्नु, कडा औषधि दिएर शरीरका अन्य सक्रिय तन्तुहरूलाई समेत नष्ट गर्नुपर्ने हुँदा उनी निराश थिए र यी रोगहरूलाई सरल तरिकाबाट कसरी ठीक पार्न सकिन्छ भनेर उपायको खोजीमा उनी लाग्न थाले ।
एक दिन पुस्तक अनुवादकै क्रममा कुलेन्स मेटेरियामेडीकालाई अङ्ग्रेजीबाट जर्मनीमा अनुवाद गर्दा एक महŒवपूर्ण हरफ भेट्टाए । जहाँ लेखिएको थियो, ‘सिन्कोना वार्क (एक प्रकारको वनस्पति) को झोल सेवन गर्दा मलेरिया ज्वरो निको हुन्छ’ सिन्कोना वार्क तीतो भएको कारणले मलेरिया ज्वरो निको हुन्छ भन्ने पुरानो मान्यता थियो ।
यो हरफले डा. हैनीमेनको दिमागमा ठूलो तरङ्ग पैदा ग¥यो । उनी अब यहीँबाट अनुसन्धान सुरु गर्ने निचोडका साथ उनले सिन्कोना वार्कको झोललाई ४ मिलिलिटरका दरले आफै सेवन गर्न थाले । यो प्रक्रिया केही दिनसम्म दोहोर्याइरहे । यसरी सेवन गर्दा उनलाई मलेरियाको जस्तो ज्वरो आयो । फेरि त्यसको न्यूनतम् प्रयोगबाट त्यो ज्वरो निको भयो ।
यसबाट उनलाई अनुभव भयो कि यदि कुनै पनि वस्तुको सेवनले रोगको जस्तो लक्षण ल्याउँछ भने त्यस वस्तुमा भएको सूक्ष्म शक्तिले रोग निको बनाउन सक्छ । यही सूत्र अनुसार उनले त्यो सिन्कोना वार्कमा तीतो पदार्थले हैन कि त्यसमा भएको मलेरियाको जस्तो ज्वरोको लक्षण निकाल्ने गुणले गर्दा सिन्कोना वार्कले मलेरिया निको भएको हो भन्ने कुरा आफ्नै शरीरमा सेवनपश्चात् पत्ता लगाए । त्यसलाई गहनरूपमा अध्ययन अनुसन्धान गरी जर्मनी अखबार (होप ल्यान्स जर्नल) मा सन् १७९६ मा सामान नै सामानको समाधान ९ज्यmयभयउबतजथ० भन्ने नाम दिएर एक लेख प्रकाशित गरे । यस दिनबाट नै होमियोप्याथिक सिद्धान्तको प्रतिपादन भयो । त्यो लेखले विश्वभरका स्वास्थ्य विज्ञहरूमा ठूलो तरङ्ग पैदा ग¥यो । ठूला–ठूला बहस र छलफलहरू चल्न थाले । सारा संसारले उनको त्यो नयाँ सिद्धान्तलाई सहजै स्वीकार गर्ने अवस्थै भएन तर, उनले आफ्नो खोजलाई निरन्तरता दिई राखे र विस्तारै एलोप्याथिक उपचार पद्दति नै छाडे र आफूले पत्ता लगाएको सरल चिकित्सा पद्धतिबाट उपचार गर्न थाले । सफलता प्राप्त हुँदै गएपछि उनको दिनदिनै सहरभरि चर्चा परिचर्चा हुँदै गयो । सयौं बिरामीहरू उनीकहाँ उपचार गराउन आउन थाले, उनी झन्–झन् उत्साहित हुँदै गए भने उनका थुप्रै एलोप्याथिक डाक्टर साथीहरूले उनलाई खिसी, टिउरी मात्र गरेनन्, कारबाहीको लागि अदालतमा मुद्दासमेत दर्ता गराए । उनीलाई धेरैतिरबाट दुःख दिने काम भयो । तर, पनि उनी कति पनि विचलित भएनन् । किनकि मानिसलाई सरल उपचार विधिबाट पूर्ण निको बनाउने उपचार विधिको खोजीमा उनी तल्लीन थिए । पवित्र भावनाबाट गरेको कार्य सधै ँ सफल हुन्छ भने झैं उनले उपचारमा धेरै सफलता पाउँदै गए । पछि उनका सबै विरोधीहरूसमेत उनको पछि लागे र थुप्रै एलोप्याथिक र अन्य चिकित्साविधाका चिकित्सकहरूले एलेप्याथी छोडेर होमियोप्याथीमा आबद्ध भए । उनीहरू समेतले अझ झन् गहिरो अनुसन्धान गर्न लागे र डा. हैनीमेनका अनुयायी बने ।
आज होमियोप्याथी यहाँसम्म आइपुग्दा विश्वको दोस्रो ठूलो उपचार पद्दति भएको छ । संसारमा थुप्रै उपचार पद्दतिहरू छन् । त्यसमध्ये विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको यो नवीनतम र वैज्ञानिक उपचार पद्दति हो । मानिसको शारीरिक कठिनाइ वा समस्या मात्र हेरेर उपचार पूरा हुँदैन । मानिसको शारीरिक, मानसिक, भावनात्मक र संवेगात्मक अवस्थालाई हेरेर उपचार गरे मात्र बिरामी पूर्णरूपमा निको बनाउन सकिन्छ भन्ने मान्यता होमियोप्याथिक भएकोले रोगीलाई यो सरल र सहज छ । आज तिनै सरल चिकित्सा पद्दति होमियोप्याथीका आविष्कारक महात्मा डा. क्रिश्चियन फ्रेड्रिक सामुएल हैनीमेनको जन्मदिन अर्थात् अप्रिल १० तारिख । आज विश्वमा हर्षोल्लासका साथ उनको जन्म जयन्ती मनाउने गरिन्छ । यही उनको जन्म दिनलाई विश्व होमियोप्याथिक दिवस भनिन्छ ।
होमियोप्याथिक चिकित्सा पद्दतिका अवसरहरू
सबै राजनीतिक दलहरूले आफ्नो घोषणा–पत्रमा होमियोप्याथिक चिकित्सा पद्दतिलाई उपचारको राष्ट्रिय पद्दति बनाइनेछ भनी लेखिएको छ र संविधानको धारा ३५ मा समेत स्वस्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनी लेखिएको र सबै दलका नेतृत्वले समेत आत्मसात गरेका हुँदा विलम्ब नगरी यस पद्दतिलाई अरू उपचार पद्दति बराबरको हैसियतमा विकास र विस्तार गर्नु जरुरी छ । हाम्रो सानो प्रयासबाट छोटो समयमा नै पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ ।
भारतीय नागरिक नोवेल पुरस्कार विजेता रविन्द्रनाथ ठाकुरले स्वअध्ययन गरेर बिरामीलाई औषधि दिने र आफू पनि समस्यामा पर्दा होमियोप्याथिक औषधि प्रयोग गर्ने गर्नुहुन्थ्यो । होमियोप्याथिक पद्दति जर्मनीबाट सुरु भयो तर, भारतीय सरकारले यो पद्दतिलाई बुझेर केही समयमा फलाउने फुलाउने काम गरी यसको स्टक होल्डर भारत बन्नुपर्छ भन्नुभएको थियो । राज्यसत्ताले उनको यो कुरालाई मनन् गरेर यसमा लगानी ग¥यो । अहिले भारतमा २ सय ५० भन्दा बढी होमियोप्याथिक मेडिकल कलेजहरू छन् । र, लाखौं भारतीय नागरिकको स्वास्थ्य उपचार गर्ने पद्दति होमियोप्याथिक भएको छ । यो पद्दति धनी, गरिब, साना, ठूला सबैको प्रिय भएको छ । हजारौं विदेश नागरिकहरूसमेत होमियोप्याथिक उपचारका लागि भारत आउने गर्दछन् । यसले भारतको अर्थतन्त्रमा समेत ठूलो टेवा पु¥याएको छ । त्यसैले गर्दा नेपालमा पनि यो पद्दतिको विकास कार्यमा राज्यसत्ताको आँखा खुल्नु जरुरी छ ।
चुनौतीहरू
होमियोप्याथिकबाट ठूलो मुनाफा गर्न सकिन्न
विश्वमा अहिले व्यापारको सिद्धान्त, परिभाषा र व्याख्या बदलिएको छ । व्यापारीले आफ्नो मुनाफाका लागि जनताको मुटु, किड्नी, लिभर आदि कोमल अङ्गहरू विस्तारै पूर्णरूपमा नष्ट गर्ने खाद्य सामग्री, शृङ्गारका सामग्री, औषधिहरूलगातका सामानहरू समेत बिक्री गर्ने गर्दछन् । मुनाफा संसारका सीमित मानिसहरूको हातमा गएर थुप्रिएको छ र धनी र गरिबबीचको खाडलको अन्तर दिन प्रतिदिन गुणात्मकरूपमा बढ्दो छ । मुनाफाका लागि बालबालिका र महिलाहरूलाई जोखिमपूर्ण काम गर्न बाध्य पारिएको छ भने अर्कोतर्फ सामाजिक परिसंरचना पनि आर्थिक हैसियतका आधारमा विभाजित छ । यसले जसलाई जे गरेर पनि मुनाफा लिनुपर्ने बाध्यता भएजस्तो देखिन्छ । यी सबै कुराहरूबाट मानिस नाफा कमाउन नै उद्यत देखिन्छ । विश्वमा स्वास्थ्य उपचार धेरै महँगो भएको छ । यो सर्वसाधारणको पहुँचबाट टाढा रहने अवस्थामा छ । हामीले दिन प्रतिदिन माइकिङ गरेर उपचारका लागि चन्दा उठाइरहेको देखिरहेका छौं । अर्कोतर्फ एउटा घुँडाको हड्डी फेर्नु परेमा ५ देखि ८ लाख खर्च हुने गर्दछ । त्यो पनि अस्पतालअनुसार बढी पनि लाग्न सक्छ । ती समस्यालाई बेलैमा होमियोप्याथिक उपचार गरेमा ५ देखि ८ सय रुपैयाँमा निको बनाउन सकिन्छ । त्यसैगरी आज दिन प्रतिदिन सुगर, प्रेसर, थाइराइड, किड्नी, क्यान्सरका समस्याहरूको व्यापक बृद्धि र आजीवन औषधिको सेवन गर्नुपर्ने बाध्यता छ । ती औषधि र मेडिकल सामग्रीहरूबाट खरबौं धनराशि व्यापारीको हातमा पुग्छ । कतिपय देशहरूले त्यसको रोयल्टीसमेत बुझ्ने गर्दछन् । यसले रोगहरू घट्दो दरमा हैन, बढ्दो दरमा छन् । होमियोप्याथिक चिकित्सा पद्दतिलाई विकास विस्तार गरेमा यो सम्पूर्ण नाफा घटेर जाने हुँदा पुँजीपति र व्यापारीहरू यो पद्दतिलाई अघि बढ्न दिँदैनन् । यसलाई रोक्न चाहन्छन् । विश्वबाट लोप गराउन चाहन्छन् ।
विश्वका पुँजीपतिहरूद्वारा सञ्चालित केही वैज्ञानिकहरूको अवरोध
होमियोप्याथिक पद्दतिमा मानिसको शारीरिक, आत्मिक, मानसिक र संवेगात्मक आदि कुराहरूलाई हेरेर उपचार गरिन्छ । माया, दया, करुणा, प्रेम, सपना, कोमलता, धार्मिकता, क्रोध, विश्वास आदि भावहरूलाई नाप्ने यन्त्र अहिलेसम्म वैज्ञानिकहरूले बनाउन सकेका छैनन् र थुप्रै वैज्ञानिकहरूले पत्ता नलाएको कुराहरू यो ब्रह्माण्डमा छ । त्यसैले गर्दा कतिपय वैज्ञानिकहरू ज्ञान र चेतनाको अभावले गर्दा होमियोप्याथिक चिकित्सा पद्दतिलाई (एीब्ऋभ्द्यइ) झुट्टा उपचार पद्दति हो भनेर यसलाई निश्तेज गर्ने रणनीतिमा छन् । यसको केही प्रभाव अहिले अष्ट्रेलियामा परेको छ ।
जलवायु परिवर्तनको प्रभाव
विभिन्न जीव, वनस्पति र खनिज तŒव पनि होमियोप्याथिक औषधिको स्रोत वा कच्चापदार्थ हुन् । आज जलवायु परिवर्तनको कारणले गर्दा संसारमा धेरै प्रजातिका बोट, बिरुवा, जीवजन्तु, खनिज तŒवहरू नष्ट भइरहेका छन् । एउटा उदाहरणको रूपमा साङ्लालाई लिन सकिन्छ । साङ्लाबाट होमियोप्याथिक औषधि ब्लाटाओरी बन्ने गर्दछ । अहिले साङ्लाको उत्पादनमा ह्रास आएको कारण औषधि बन्न छाड्यो । यस्ता धेरै उदाहरणहरू छन् । त्यसै कारणले जलवायु परिवर्तन पनि होमियोप्याथिक चिकित्सा पद्दतिको विकासका चुनौतीको ठूलो खाडल भएर बसेको छ ।
नेपालमा होमियोप्याथीको सम्भावना
नेपालको भू–बनोट हिमाल, पहाड, चुरे भावर र समतल तराई भएकोले गर्दा यहाँ प्रायः विश्वमा भएका सबै प्रकारका हावापानी र मौसम पाइने भएको हुँदा यहाँ होमियोप्याथिक औषधि निर्माण गर्दा चाहिने सबै प्रकारका कच्चापदार्थहरू सहजरूपमा कम खर्चमै प्राप्त गर्न सकिन्छ ।
सगरमाथाको देशमा उत्पादित औषधिलाई उच्च गुणस्तरीय सेवा दिनसकेमा विश्वभरमा औषधि निर्यात गर्नुका साथै बिरामीहरूलाई प्रभाव पार्न सकिन्छ । विभिन्न रोगहरूको उपचारका नाममा विदेशिने पैसालाई स्वदेशमा नै राम्रो सेवा दिनसके रोक्ने सम्भावना रहन्छ । नेपाललाई होमियोप्याथिक स्वास्थ्य पर्यटनको रूपमा विकास गर्न सकिन्छ ।
आफ्नै देशको स्रोत र साधन प्रयोग गरी औषधि उत्पादन गर्न सकेमा सबै नेपालीमा स्वास्थ्यको पहुँच पुग्नेछ र विश्वको सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली भएको देश दक्षिण कोरिया हो । त्यस देशमा प्रचलनमा रहेका सबै चिकित्सा पद्दतिलाई राज्यले हेर्ने दृष्टिकोण र व्यवहार समान छ । राम्रो स्वास्थ्य सेवा भएको देश बनाउन सबै चिकित्सा पद्दतिले महत्वपूर्ण भूमिका खेलेका छन् । त्यो कुरा नेपालका राजनीतिक दल र नेतृत्व वर्गले बुझ्न जरुरी छ ।
निष्कर्ष
विश्वमा उपचारका धेरै पद्दतिहरू छन् । सस्तो, सरल र सहज तरिकाबाट उपचार गरिने होमियोप्याथिक चिकित्सा पद्दतिलाई राज्यले अभिभावकीय भूमिका निर्वाह गरी अरू विधाका उपचार पद्दतिसरह यसलाई पनि विकास गर्नुपर्दछ । नेपालजस्तो विकासोन्मुख देशले त झन् सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवालाई बनाउनु पर्दछ । छिमेकी देश भारतमा सम्पूर्ण पूरक चिकित्सा (ब्थ्ग्क्ज्) आयुष मन्त्रालय अन्तर्गत छन् । यस अन्तर्गत आयुर्वेद, युनानी, योगा तथा नेचुरोप्याथी, सिद्घा र होमियोप्याथी पर्दछन् । त्यसैगरी नेपालमा पनि आयुष मन्त्रालयको अवधारणा अघि सारेर सबै पुरक चिकित्सा विधालाई विकास गर्नु जरुरी छ । यसरी मात्र सबै उपचार विधाले राष्ट्रको अपनत्व ग्रहण गरी समानरूपमा सेवा दिन सक्दछन् र स्वस्थ समाज निर्माणमा टेवा पुर्याउनेछन् ।
त्यसैले गर्दा यसमा नीति निर्माण गर्ने तहको ध्यान जानु जरुरी छ । विभिन्न कोणहरूबाट हेर्दा होमियोप्याथीको भविष्य सुनिश्चितताका लागि कमजोर आर्थिक अवस्था भएका श्रमजीवी, बुद्धिजीवी, नागरिक समाज होमियोप्याथिक उपचारमा विश्वास गर्ने जनता, उपभोक्ता चिकित्सकहरू आदिले विश्वव्यापी सेमिनार गोष्ठी अन्तरक्रिया गरी सङ्गठनात्मक रूपमा लाग्न जरुरी छ । यसले मात्र विश्वमा होमियोप्याथिक पद्दतिको भविष्य सुनिश्चित गर्नेछ र सबै वर्गको उपचारको एक अभिन्न अङ्ग बन्नेछ । यसले मात्र रोग, शोक र भोकमुक्त स्वस्थ विश्वको परिकल्पना गर्न सकिन्छ । विश्व होमियोप्याथिक दिवसले यही प्रेरणा प्रदान गरोस् ।
(डा. ओली इटहरी–४ स्थित इन्खा एकीकृत अस्पताल प्रा.लि. का अध्यक्ष हुन् ।)