श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत २८ गते मङ्गलबार, ११ अप्रिल २०२३, नलनाम संवत्सर । वैशाख कृष्णपक्षको पञ्चमी तिथी ०७ः३४ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र ज्येष्ठा १३ः१२ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः४४ बजे र सूर्यास्त ०६ः२६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। स्वास्थ्य कमजोर रहनाले उपचारमा खर्च बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोरिनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ । विशेष उपलब्धिका लागि भने प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो काम थाल्ने समय छ। तर आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विवादास्पद कामले अलमल्याउन सक्छ। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महŒवाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षा गरिएको नतिजा अलि कमजोर देखिनेछ । तापनि मिहिनेतले परिस्थिति अनुकूल बनाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गरेमा टाढिएका सहयोगीसमेत काममा फर्किनेछन् । अध्ययनमा प्रगति हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विज्ञको मार्गदर्शन पाइनेछ। व्यापारबाट प्रशस्त फाइदा हुनेछ। तारिफयोग्य कामले मानसम्मान दिलाउनेछ।