श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल चैत २९ गते बुधबार, १२ अप्रिल  २०२३, नलनाम संवत्सर । वैशाख कृष्णपक्षको षष्ठी तिथी ०५ः५८ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र मूल १२ः१५ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः४३ बजे र सूर्यास्त ०६ः२६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ । प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज काममा परिवारजनको साथले उत्साहित भइनेछ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न समय लाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बिग्रिएको काममा दोहो¥याएर प्रयत्न गर्नुहोला । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको मिहिनेतले भविष्यमा उपलब्धि दिलाउनेछ।स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गरे जटिल कामसमेत सजिलै सम्पादन हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कामको चापबाट फुर्सद पाइनेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारजनको साथ जुट्नाले नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ।प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरू पछि हट्नेछन् । व्यवसायमा कम मात्र फाइदा हुनेछ। आहारविहारमा ध्यान पुर्याउनु होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर पनि प्राप्त हुनेछन्। शुभसमाचार सुन्न पाइएला।