भद्रपुर । झापामा बहुविवाह मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका वडा नं.१० का ३७ वर्षिय मोहन शम्शेर योङहाङ र २७ वर्षिया पुजन सेलिङ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा जिल्ला अदालतको २०७९ असार २० गतेको फैसला अनुसार बहु–विवाह मुद्दामा मोहनलाई १५ महिना कैद र २५ हजार जरिवाना ,त्यस्तै पुजनलाई १३ महिना कैद र .१५ हजार जरिवाना तोकिएको थियो ।

फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको जिल्लाका डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । मङ्गलबार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराई अदालतको आदेशले दुवैलाई कैद भुक्तानको लागि कारागार पठाइएको उनले जनाए ।