श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत ३० गते बिहीबार, १३ अप्रिल  २०२३, नलनाम संवत्सर, वैशाख कृष्णपक्षको अष्टमी तिथि भोलि ०१ः५७ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पूर्वाषाढा ११ः०२ बजेसम्म उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः४२ बजे र सूर्यास्त ०६ः२७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
फाइदा कम भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्म–कर्म तथा परोपकारमा प्रवृत्त भइएला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशेष योजना सार्वजनिक नगर्नु होला । दिगो कामको जग बसाउन सकिनेछ। कमजोरी अनुभूति हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गोप्य सूचना बाहिरिनाले काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ । आहारविहारमा ध्यान पु¥याउनु होला। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । पछिका लागि सकारात्मक सङ्केत प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूको सहयोगले जिम्मेवारी दिलाउन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ । कामको अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन् । चुनौती पन्छाएर पनि केही काम सफल पार्न सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धामा विजयी भइनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ।