भद्रपुर । प्रतिबन्धित लागूऔषधको मुद्दामा झापा कारागारमा जेल जीवन बिताइरहेकी मेचीनगर १३ धाइजनकी भारती राजवंशीकी छोरी अनुजा राजवंशी पनि ब्राउनसुगरसहित पक्राउ परेकी छन् ।

वुधबार साँझ ५ बजे मेचीनगर नगरपालिका वडा नं.१३ धाईजन चोकमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बिभिन्न सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा २० वर्षिया अनुजालाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

अनुजाकी आमा भारती ५ महिनाअघि लागूऔषधसम्बन्धी मुद्दामा झापा कारागारमा सजाय भुक्तान गरिरहेकी छन् । भारतीलाई भेट्न जाने क्रममा प्रहरीलाई शङ्का लागेर अनुजालाई प्रहरीले निगरानीमा राखेको अवस्थामा उनी लागूऔषधसहित फेला परेको जिल्लाका डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।