विराटनगर । विराटनगर – ७ स्थित  सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययरत २० जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको छ । 

स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट  बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बीच २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । 

कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण गरिएको छ  । उमा न्यौपाने, सृष्टि कर्ण, वर्षा यादव, कञ्चन मेहेता, श्रेया देव, सन्ध्या यादव, दुर्गाकुमारी पेटल र मिनक्षा चौधरीलाई जनही ११ हजार रुपैयाँ छात्रवृत्ती प्रदान गरिएको छ ।

यसैगरी रञ्जु कट्टेल, पुष्पा शाह, सुजल देव, एमी शाह, स्मृती जोशी र आर्यन मेहतालाई जनही ६ हजार रुपैयाँ छावृत्ती प्रदान गरिएको छ । यसैगरी  मिनाक्षी चौधरी, शिवानी राउत, अमन शाह, ईच्छा अधिकारी, सोनी मेहेता, दुर्लभ देव र चिन्टु कुमार मेहेतालाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिएको छ । 

विद्यार्थीहरुलाई कोषका संरक्षक समाजसेवी दिनवन्धु गोयल, कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्य इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, सत्यनारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज कट्टेल, विद्यालयका प्रध्यानाध्यापक पुरुषोत्तम गुँरागाईले छात्रवत्ती प्रदान गरेका थिए । 

सुमनदेवी गोयल छात्रवृत्ति कोषका संरक्षक विराटनगरका समाजसेवी दिनबन्धु गोयलले २०५८ सालमा सत्यनारयण स्कुलमा जेहन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ती प्रदान गर्नको लागि कोष स्थापना गरिएका हुन् ।