श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख १ गते शुक्रबार, १४ अप्रिल २०२३, नलनाम संवत्सर । वैशाख कृष्णपक्षको नवमी तिथि २३ः३७ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र श्रवण ०९ः३४ बजेसम्म, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः४१ बजे र सूर्यास्त ०६ः२७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन् । नयाँ काम गर्न केही समय लाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विशेष योजना सार्वजनिक नगर्नु होला। साँझतिर स्थितिमा सुधार आउनेछ। मिहिनेत गर्दा कार्यसिद्धि हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।स्वास्थ्य कमजोर रहने देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला । सानोतिनो समस्याले अल्झाउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदा कम हुनाले जोस–जाँगरमा कमी आउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तको उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यका लागि सजग रहनुहोला । परिस्थितिको चक्रमा अलमल हुँदा काम बन्न समय लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार बढ्नुका साथै पेसा–व्यवसायबाट लाभ हुनेछ। मिहिनेत गरे पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।