श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख २ गते, शनिबार, १५ अप्रिल  २०२३, पिङ्गलनाम संवत्सर । वैशाख कृष्ण पक्षको दशमी तिथी २१ः०८ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र श्रवण ०७ः५६ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः४० बजे र सूर्यास्त ०६ः२८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

 सामाजिक कामले नाम, दाम र इनाम दिलाउन सक्छ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। आध्यात्मिक चेतनाले धर्म–कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिबन्दले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अरूमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान दिनुपर्नेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

काम रोकिनाले आयस्रोत समेत कमजोर बन्न सक्छ।माहोल रमाइलो रहनेछ। पछिलाई फाइदा हुने कार्य प्रप्त हुनेछ। 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। मिहिनेतको फल प्राप्त हुनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्।