धरान (ब्लाष्ट) निस्तार चाडको अवसर पारेर इटहरीस्थित परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदानमा १ सय ५७ युनिट रगत सङ्कलन भएको समाजले जनाएको छ । प्रदेश १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रक्तदातालाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
यसैबीच प्राविधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी सुनसरीलाई पनि प्रशंसा–पत्र वितरण गरिएको छ । गतवर्ष १ सय २५ युनिट रगत सङ्कलन गरिएको समाजका अध्यक्ष सुमन योञ्जनले जानकारी दिए ।
समाजले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको उनले जानकारी दिए । निस्तार चाडमा समाजमा प्रेम बाँड्ने लक्ष्यले कार्यक्रम गरिएको हो ।