धरान । भन्सार छली गरी नेपाल भि¥याइएको १ सय १ ग्राम सुनको गहनासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

बेलका नगरपालिका–४ का २९ वर्षीय खोमीराज विकसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिका–६ बाट बुधबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले गाईघाटतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

बरामद गरिएको सामग्रीसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।