श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख ३ गते आइतबार, १६ अप्रिल २०२३, पिङ्गलनाम संवत्सर, वैशाख कृष्णपक्षको एकादशी तिथि १८ः३६ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र धनिष्ठा ०६ः११ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः३९ बजे र सूर्यास्त ०६ः२७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा राम्रो उपलब्धि हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशेष भेटघाट उपलब्धिमूलक रहनेछ। अरूलाई प्रभावित पारेर लाभ उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर व्यापार बढ्ने र आयस्रोत सबल बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। व्यवसायबाट उपलब्धि प्राप्त नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आध्यात्मिक चेतनाले धर्म–कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। उपलब्धिका लागि प्रतीक्षा गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्थितिमा सुधार आउनेछ। रोकिएका काम बन्नेछन् र पेसा–व्यवसायमा फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य कमजोर रहनेछ भने काममा सोचेको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। मिहिनेत गरेमा केही काम बन्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काम दोहो¥याउनु पर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेम र मित्रताको बन्धन कसिनेछ। कामको चापबाट फुर्सद पाइनेछ। पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ला ।