श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख ४ गते सोमबार, १७ अप्रिल २०२३, पिङ्गल संवत्सर, वैशाख कृष्ण पक्षको द्वादशी तिथि १६ः०७ बजेसम्म उप्रान्त त्रयोदशी, नक्षत्र पूर्वभाद्र भोलि ०२ः४५ बजेसम्म उत्तरभाद्र, चन्द्रराशि–कुम्भ, सूर्योदय ०५ः३७ बजे र सूर्यास्त ०६ः२९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।पुरुषार्थी काम प्रारम्भ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष अवसर जुट्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। अरूले फाइदा उठाउनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै सङ्घर्ष गर्नुपर्ला। श्रम परे पनि उपलब्धि कम देखिन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ। सम्भावना देखिए पनि लक्ष्यमा पुग्न समस्या पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ।