श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख ५ गते मङ्गलबार, १८ अप्रिल २०२३, पिङ्गल संवत्सर, वैशाख कृष्ण पक्षको त्रयोदशी तिथि १३ः४७ बजेसम्म उप्रान्त चतुर्दशी, नक्षत्र उत्तरभाद्र भोलि ०१ः१८ बजेसम्म रेवती, चन्द्रराशि–मिन, सूर्याेदय ०५ः३७ बजे र सूर्यास्त ०६ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रो समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनु पर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । प्रयत्न गर्दा आंशिक काम बन्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ।