धरान । धरान–५ स्थित डीपी बिलिभर्स इङ्ग्लिस बोर्डिङ स्कुलले शिक्षकहरूलाई दुई दिने शिक्षण कार्यशाला सञ्चालन गरेको छ ।
स्कुल परिसरमा आयोजित कार्यशालामा ३८ जना शिक्षकहरू सहभागी छन् । आज (मङ्गलबार) सम्म सञ्चालन हुने कार्यक्रममा बाल मनोविज्ञान र शिक्षाशास्त्र, विषयगत दृष्टिकोण सिकाइ पद्दति, सहकर्मी शिक्षण, मन्टेश्वरी शिक्षण विधिहरू, आत्मरक्षाको विषयमा आधारभूत शारीरिक संरक्षण तालिम दिइएको स्कुलका प्रधानाध्यापक सन्जीव बान्तवाले जानकारी दिए ।
कार्यशालामा डीपी विलिभर्ससहित एआप्ल मन्टेश्वरी अलिमेन्टरी स्कुलका शिक्षकहरू सहभागी थिए । कार्यशालामा प्रधानाध्यापक सन्जीप बान्तवा, एआप्ल मोन्टेश्वरी अलिमेन्टरी स्कुल धरानका संस्थापक प्रिन्सिपल जुली सुब्बा र राष्ट्रिय प्रशिक्षक रोसनी राईले सहजीकरण गर्ने कार्यक्रम सञ्चालक शिक्षक वीरेन्द्र लिङ्देनले जानकारी दिए ।