देउराली ।  मोरङको उर्लाबारी नगरपालिकाबाट प्रहरीले  लागु औषध ब्राउन सुगरसहित तिन जनालाई पक्राउ गरेको छ ।

नगरपालिकाको ३ नम्बर वडा स्थित केर्खाली चोक नजिकैबाट  १९ वर्षीय विश्वास धिमाल ,२२वर्षीय आलोक धिमाल  र भक्तपुर चाँगुनारायण नगरपालिका १ का २८ वर्षीय उपेन्द्र खड्कालाई २१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको   इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । 

कार्यालयका अनुसार धमलाको घरमा घरमा लागु औषध बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा गयराति साढे ११ बजे प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । प्रहरी टोलीले खानतलासी गर्ने क्रममा सो परिमाणको ब्राउन सुगर फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । 

पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।