श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख ६ गते बुधबार, १९ अप्रिल २०२३, पिङ्गलनाम संवत्सर । वैशाख कृष्णपक्षको चतुर्दशी तिथि ११ः४३ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र रेवती भोलि ०९ः०० बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः३६ बजे र सूर्यास्त ०६ः३० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गरे छोटो समयमै काम बनाउन सकिनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजले पदीय जिम्मेवारी दिलाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ। काम देखाएर फाइदा लिने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ।